आगामी तीन दिनको मौसम पूर्वानुमान

नेपाल सरकार

ऊर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७६-०५-२५साँझ ६:०० बजे)

 

 

मौसम विश्लेषण (Meteorological Analysis):

 

मनसुनी न्यून चापीय रेखा (Axis of the Monsoon Trough) को पूर्वि भाग औसत स्थानको भन्दा केहि माथि रहेको छ र अन्य स्थानमा औसत स्थानको आसपासमा अवस्थित छ। साथै, भारतको मध्य प्रदेशको उत्तरी भाग तथा उत्तर प्रदेशको दक्षिण भागमा एउटा निम्न चापीय प्रणाली अवस्थित छ | बंगालको खाडि वाट अएको जलबास्प युक्त हावाको प्रभावका कारण देशभर मौसमी गतिबिधि बढिरहेको छतलको नक्शामा मनसुनी न्यून चापीय रेखा (Axis of the Monsoon Trough) को औसत स्थान देखाइएको छ।


 

देशभर समग्र मौसमको अवस्था (Present Weather Status):
हाल देशभरी आंशिक देखि सामान्य बदली भई देशका पूर्वी र मध्य भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयाङ सहित हल्का वर्षा भईरहेको छ।

 

आगामी तीन दिनको मौसम पूर्वानुमान (Three Days Weather Forecast):

 

भाद्र २५ गते (बुधवार)

राती: देशभरी सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशको पुर्व भू-भागका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना छ।

भाद्र २६ गते (बिहिवार)

दिउँसो: देशभरी सामान्य  बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशका मध्य तथा पश्चिमका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

राती: देशभरी सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।  पुर्व तथा पश्चिमी भु-भागका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

भाद्र २७ गते (शुक्रवार)

दिउँसो: देशभरी सामान्य  बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशका पूर्व तथा मध्यका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

राती: देशभरी सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशको पश्चिमि  भु-भागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।


आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):

देशका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहितको हल्का देखि मध्ययम वर्षा साथै थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना भएकोले  नदिमा आकस्मिक पानीको वहाव वढ्न सक्नेपहाडि भु-भागमा पहिरो जानसक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने हुनाले सतर्कता अपनाउनु हुन अनुरोध छ|